भिडियो सहित हेर्नुहोस !
Advertisement
महोत्तरी–नेपाली टेलिभिजनबाट प्रशारण हुने विभिन्न टेलिसिरियलबाट लाखौं स्रोताको मन जिल्न सफल कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरीको बदिबासस्थित मुसहरवस्तीलाई नमुना बनाउने अभियानको सुरुवात गरेका छन्।सो क्रममा कलाकार धुर्मुसु र सुन्तलीले मंगलबार महोत्तरी बर्दिबासका ५५ परिवारलाई सिरक, डस्ना बितरण गरेका छन्। बर्दिवासका मुसहर बस्तीका सर्वसाधारण समस्यै समस्यामा दिन काटन बाध्य रहेको देखेर उनीहरुको समस्यालाई थोरै भएपनि सहयोग गर्ने भावनाले कलाकारद्वयले मुसहर बस्तीमा प्रतिपरिवार दुई/दुई वटा सिरक र डस्ना वितरण गरेका हुन्। जाडोको मौसममा काम्दै जीवन जिउन बाध्य मुसहरलाई न्यानोको अनुभूति गराउन सिरक डस्ना वितरण गरेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ। प्रत्येक परिवारलाई एक बोरा चामल र दाल पनि उपलब्ध गराइएको छ। नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा कलाकार धुर्मुस र सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको राहात प्याकेज मुसहर बस्तीमा वितरण गरेका हुन्।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment