भिडियो सहित हेर्नुहोस !
Advertisement


६ माघ,काठमाडौं ।  उत्तर पश्चिम पाकिस्तानको चारसद्दामा रहेको एक विश्वविद्यालयमा बन्दुकधारीहरुले आक्रमण गरेका छन् । आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
बन्दुकधारीहरु फायरिङ गर्दै बाचाखान विश्वविद्यालयमा प्रवेश गरेका छन् । एक पुलिस अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार दुई विस्फोटको आवाजसमेत सुनिएको छ ।चारसद्दा पेशावरबाट लगभग ५० मिलोमिटर टाढा छ । २०१४ डिसेम्बरमा पेशावर आर्मी पब्लिक स्कुलमा तालिबानले आक्रमण गरेको थियो, जसमा १४० भन्दाबढीको ज्यान गएको थियो ।स्रोतलाई उदृत गर्दै जीओ टीभीले बताएअनुसार बन्दुकधारीहरु स्थानीय समयअनुसार बिहान ९ः३० बजे विश्वविद्यालयमा प्रवेश गरिसकेका थिए । अहिले प्रहरीले विश्वविद्यालयलाई घेरा हालेको छ । विद्यार्थी र विश्वविद्यालयका कर्मचारीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top