भिडियो सहित हेर्नुहोस !
Advertisement


अमेरिकाको डेट्रोइटमा बस्ने ३६ वर्षकी एक महिलाले हालै आफ्नो १४ औँ सन्तान जन्माएर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले सबैभन्दा धेरै छोराछोरी पाएर रेकर्ड कायम गरेकी भने होइनन् ।उनको यो विश्वरेकर्ड यो मानेमा थियो की उनले पाएका सबै १४ जना बच्चाहरु १४ वटै अलग अलग पुरुषबाट जन्मिएका हुन् । १४ लोग्नेबाट १४ बच्चा जन्माउने उनको यो किर्तिमानी गिनिज बुकको आगामी संस्करणमा छापिनेछ ।
अनिता सुलिवान हो उनको नाम । विश्व किर्तिमान कायम गरेसँगै उनी निकै गर्व महसुस गरिरहेकी छिन् । अनितालाई उनकी आमाले सानोमा सधै अल्छी तथा काम नलाग्ने केटी भनेर हकारिरहन्थिन् अरे । तर आफुले १४ पुरुषबाट १४ बच्चा जन्माएर आफु अल्छी नभएको प्रमाणित गरेको तथा दुनियामा कसैले गर्न नसकेको काम गरेको उनको दाबी छ ।अनिताले पछिल्लो बच्चा हालै हार्पर युनिभर्सिटी अस्पतालमा जन्माएकी हुन् । सुत्केरी आमालाई भेट्नका लागि उनका सबै १३ जना बच्चा अस्पताल पुगेका थिए । सबै बच्चा उनको विश्व रेकर्डबाट खुसी छन् ।आफुले आफ्ना बच्चाका बाउ छान्नमा गल्ती गरेको भएपनि अब पूरानो गल्तीबाट पाठ सिक्दै पछिल्लोपटक असल पुरुष छानेको उनको दाबी छ । आफ्नो नयाँ पार्टनर पूरानाहरुजस्तो नरहेको उनी बताउँछिन् । पछिल्लो लोग्नेसँग उनी डेढ वर्षदेखि सँगै छिन् ।रोचक कुरा त के भने उनका यसअघिका १३ लोग्नेहरुमध्ये ११ जनासँग कानूनी रुपमै सम्बन्ध विच्छेद भैसकेको छ र उनले ती भुपु लोग्नेहरुबाट कानूनी रुपमै मानाचामल भराउँदै आएकी छिन् । अरु थप दुइ लोग्नेबाट मानाचामल भराउने मुद्दा अदालतमा चलिरहेको छ । यसअघिका १३ वटै बच्चा उनको साथमै छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top