भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २६ फागुन । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाएको भोलिपल्ट बुधबार एक किशोरीको बलात्कार पछि आगो लगाएर हत्या गरिएको खबर प्राप्त भएको छ ।भारतको मध्य प्रदेशकी ति १५ वर्षीया किशोरीको आफ्नै घरमा बलात्कार भएको र त्यसपछि उनीमाथि आगो लगाइएको थियो । भारतीय एक अनलाईन पत्रिकाका अनुसार बलात्कारपछि आगो लगाएर घाइते बनाइएकी ती किशोरीको उपचारका क्रममा अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ ।गएको सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । सो घटनामा संलग्न भएको आशंकामा एक १९ वर्षीय युवकलाई पक्राउ गरिएको र ती किशोरी माथि सामूहिक बलात्कार भएको हुन सक्ने अनुमान गर्दै अन्य व्यक्तिको खाजी र अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाइ छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top