भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं- बंगलादेशमा जारी यु-१९ विश्वकपको पाँचौं स्थानका लागि भइरहेको खेलमा पाकिस्तानले नेपालसामु २ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ५८ रन बनायो।पाकिस्तानका लागि हसन मोहसिनले सतक प्रहार गरे। उनले १ सय ६ बलमा ८ चौकार र ३ छक्कासहित १ सय १७ रन बनाए। त्यस्तै सैफ बबरले ८८ रन बनाए।नेपालका लागि सन्दीप लामिछानेले ३, अरिफ शैख र दिपेन्द्र सिंह ऐरीले दुई दुई र सुशील कँडेलले १ विकेट लिए।यसअघि नेपालले न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो। क्वाटर फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भयो।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top