भिडियो सहित हेर्नुहोस !
Advertisement

३ माघ, काठमाडौं । गत बैशाखमा गएको शक्तिसाली भूकम्पले सिन्धुपाल्चोक, गोर्खा, दोलखा लगायतका १४ जिल्लामा ठूलो क्षति गरेको थियो । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी र ललितपुरको बुङ्मतीबाट पुननिर्माणको महाअभियान सुरु गर्‍यो ।
रानीपोखरीबाट राष्ट्रपति विद्या भण्डारी र बुङ्मतीबाट प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माणको महाअभियानको सुरु गरे । सबैभन्दा बढी क्षति गरेका ठाउँबाट पुनर्निर्माण अभियानको सुरु हुनु पर्नेमा किन रानीपोखरी र बुङमतीबात सुरु गरियो ?
‘एकैसाथ, लाप्राक, बारपाक, सिन्धुपाल्चोक दोलखालगायतका ठाउँबाट पुननिर्माण महाअभियान सुरु गर्ने योजना थियो तर ती ठाउँमा सुरु गर्नका लागि पर्याप्त तयारी नभएकाले पूर्ण तयारी पुगेका ठाउँहरु (रानीपोखरी र बुङ्मती) बाट महाअभियान सुरु गरेका हौं,’ पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले भने ।
प्राधिकरणले माघ २ गतेदेखि बैशाख १२ गतेसम्म पुननिर्माणको महा अभियान सञ्चालनको सुरुवात गरिसकेको छ । पुननिर्माणका लागि एक मिनेट पनि ढिलो नगर्ने नीतिका कारण प्राधिकरणले तयारी पुगेका ठाउँबाट महाअभियानको सुरु गरेको ज्ञावालीले बताए ।
‘हामी पुननिर्माणका लागि एक मिनेट पनि बस्न सक्दैनौं,’ उनले भने । रानीपोखरीको पुननिर्माणका लागि केही दिनभित्रै काठमाडौं महानगरपालिकाले बोलपत्र आहृवान गर्ने उनले जानकारी दिए । यसरी आक्रम शैलीमा पुननिर्माण थाल्दा पनि यो वर्षायामसम्ममा जनताको धेरै घरहरुश्र बनाउन नसकिने तीतो यथार्थ भएको उनले बताए ।
‘एउटा तीतो यथार्थ छ, जो मैले भन्नै पर्ने हुन्छ,’ ज्ञावालीले भने- ‘आक्रमक शैलीका पुननिर्माण गर्दा पनि यो वर्षयाममै सबै जनतालाई स्थायी घर बनाउन सक्ने अवस्था छैन ।’

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top