भिडियो सहित हेर्नुहोस !
Advertisement

सुशन लिम्बू:उनी राजनीतिक संरक्षणमा गुण्डागर्दी पेशामा संलग्न थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार डाका मुद्दामा लिम्बुको खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीकै यसअघिका प्रमुख प्रहरी निरीक्षक श्रीराम भण्डारीको १० महिने कार्यकालमा पनि लिम्बुविरुद्ध दुई वटा सार्वजनिक अपराधका मुद्दामा लिम्बु खोजीको सुचीमा थिए ।हाल उर्लाबारीबाट रानीपोखरी प्रहरी कार्यालयमा सरुवा भएका इन्स्पेक्टर भण्डारीले सुशन र उनको सूमहले प्रयोग गर्ने हन्क, आर वान-५ र बुलेट बाइकहरु नियन्त्रणमा लिई अनुसन्धान गरिहेको थियो ।मोरङको मधुमल्लाका एक व्यक्तिसँग जग्गा विवादमा हत्या प्रयास गरी लिम्बु फरार भएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीमा अहिले पनि उनीका तीनवटा मोटरसाइकल नियन्त्रणमै छन् । उनी सवारी साधन चोरीमा समेत संलग्न रहेको प्रहरीको आंशका छ ।
कानूनअनुसार कारवाही गरे हुन्छ : अछामीएमाओवादी मोरङका अध्यक्ष गोपी अछामीले लिम्बुलाई आफूले चिनेको र वाइसिएलको स्थानीय कार्यकर्ता रहेको बताए ।यसअघि प्रहरी केसमा परेपछि लिम्बुले छुटाइदिन आफूलाई आग्रह गरेको भए पनि उनलाई आफूले संरक्षण नगरेको अछामीले अनलाइनखबरलाई बताए । ‘यसअघि पनि प्रहरी केसमा परेपछि मलाई छुटाइ दिनु परेको भनेको थियो, अछामीले अनलाइनखबरसँग भने- ‘तिमीले गल्ती गरेको भए कारवाही भोग्नैपर्छ, म छुटाउँदिन भनेको थिएँ, त्यो भाइलाई मैले संरक्षण गरेको भन्ने गलत हो, मैले संरक्षण गरेको छैन ।’वाइसिलको कार्यकर्ता भएता पनि गैरकानूनी कार्य गरेको भए उसमाथि कानूनी कारवाही हुनुपर्ने अछामीले बताए । उनले भने-‘मैले संरक्षण गरेको छैन, कानूनअनुसार कारवाही गरे हुन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment