भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ५ माघ - तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अर्को कडा निर्णय गरेको छ।
सोमबार बेलुका प्रमुख तीन दलले सीमांकनको मुद्दामा मधेसमा दुई प्रदेश स्वीकार्य नहुने निष्कर्ष निकालेको भोलिपल्ट मंगलबार तमलोपाको केन्द्रीय कार्यालय विजुली बजारमा पत्रकार सम्मेलन गरी मोर्चाले वार्ता नगर्ने घोषणा गरेको हो।पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका नेता हृदेश त्रिपाठीले अब मोर्चाले तीन दलको कार्यदलसँग वार्ता नगर्ने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो- ‘कार्यदलको वार्ताले कुनै निकास नस्किएन्। अब हामी वार्ता गर्छौ त शीर्ष तहमा मात्रै, कार्यदलमा हुँदैन्।’ मोर्चाले अब प्रमुख तीन दलका शीर्ष नेताहरुसँग मात्रै वार्ता गर्ने निर्णयसहितको अडान पत्रकार सम्मेलनमा सुनाएको हो।यसअघि सहमतिको वातावरण बनाउन प्रमुख तीन दल र मोर्चाले छुट्टाछुट्टै कार्यदल बनाएको थियो। 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top