भिडियो सहित हेर्नुहोस !
Advertisement
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठवन्धनका नेता कार्यकर्ताहरुले वीरगञ्जका विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरिरहेका छन् ।आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान, मुर्ली, पावरहाउस चोक र लक्ष्मणवा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघर चोकमा शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।आन्दोलनकारी दलका नेता कार्यकर्ताहरुको प्रदर्शनका कारण वीरगन्ज बजार शुक्रबार बिहानैदेखि बन्द भएको छ । यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा शुक्रबार सार्वजनिक यातायातका सवारी साधन र स्कुल बससमेत चल्न दिएका छैनन् ।बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले वीरगञ्जको घण्टार चोकमा शुक्रबार बिहान बा १० च २३८४ नम्बरको गाडीमा तोडफोड गरेका छन् । घण्टाघर चोकमा रहेको नेपाल दूरसन्चार कार्यालयमा पनि आन्दोलनकारीहरुले तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले दूरसञ्चार कार्यालयमा ढुङगामुढा गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको छ । यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले शुक्रबार बिहानै देखि प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारीसाधन पनि चल्न दिएका छैनन् ।आन्दोलनकारीहरुले कलैयामा शुक्रबार बिहान दुईवटा मोटरसाइकलमा आगजनी पनि गरेका छन् ।
तेल ओसारेको भन्दै मधेसी दलका कार्यकर्ताहरुले कलैयाको बालमन्दिर नजिकबाट लु १ प ९५७० र नम्बर प्लेट नभएको अर्को एउटा गरि दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर भरत चोकमा लगी आगजनी गरेका हुन् ।मोटरसाइकलमा आगजनी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनकारी र प्रहरीबीच भरत चोकमा झडप भएको थियो ।मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जीतपुर र परवानीपुर लगायतका स्थनामा पनि बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका छन् । मोरङको रंगेलीमा बिहिबार मधेसी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक महिलासहित तीनजनाको मृत्यु भएको थियो । सीमाङ्कन र संविधानमा असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको शुक्रबार एक सय ६१ दिन पुगेको यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी शुक्रबार एक सय २१ औं दिन पनि जारी रहेको छ । मधेसी दलहरुले गत असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् । मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिनादेखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधन वीरगञ्ज छिर्न सकेको छैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment