भिडियो सहित हेर्नुहोस !
Advertisement



पोखरा – पोखराको अमरसिंह चोकमा बिहीवार राति मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा भक्तपुर ठिमी घर भएका तनहुँ राजदल गण खैरेनीटारमा कार्यरत सेनाका क्याप्टेन रञ्जनविक्रम शाह र सोही गणमा कार्यरत गोर्खाका रोशन थापा ज्यान गएको छ ।पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना. १४ प ३८५२ नम्बरको मोटरसाइकल र ना. ३ ख ६५९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लैजाँदै गर्दा मृत्यु भएको थियो । उनीहरु दुवैको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय रामवजारका प्रहरी निरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् घटनालगत्तै पृथ्वीराजमार्ग

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top