भिडियो सहित हेर्नुहोस !
Advertisement
दुई साता पहिले स्थानीय व्यपारीहरुको सहमतिमा संघीय समावेशी मधेसी गठबन्धनले दिउसो दुइ बजे देखि बजार खुल्न दिने निर्णय गरेपछि वीरगन्जका बजार र पसलहरु नियमित रुपमा खुल्दै आएको थियो। तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने आज देखि फेरि बजार बन्द गराएको हो।सरकारसंग वार्ता निष्कर्ष बिहिन भएकाले आन्दोलन शसक्त पार्दै मङगलवार देखि बजार, सरकारी कार्यालय र यातायात बन्द गराइएको मोर्चाका नेता एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए।सरकारले वार्ताको नाममा नौटंकी मात्र गरिरहेको छ , उनले भने , ‘अब वार्ताको कुनै आीचत्य छैन , उधारोमा सम्झौता हामी गर्दैनौ। सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको मङगलवार एक सय ५७ दिन पुगेको छ।वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी मङगलवार एक सय १८ औं दिन पनि जारी रहेको छ। मधेसी दलहरुले गत असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् । मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधान वीरगन्ज छिर्न सकेको छैन ।यसैबीच प्रहरीले तराइ मधेस विधार्थी फ्रन्टका बारा जिल्ला अध्यक्ष सन्तोष यादवलाइ मङगलबार बिहान परवानीपुरबाट पक्राउ गरेको छ।परवानीपुर बजारमा बिहान आन्दोलनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले विधार्थी नेता यादवलाइ पक्राउ गरेको हो। यादवलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। आज अन्न पूर्ण दैनिकमा खबर छापिएको छ |
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment