भिडियो सहित हेर्नुहोस !
Advertisement
सल्यान, ३० पुस । कोरवाङ झिम्पे गाविसमा सकेट बम फेला परेको छ । कोरवाङझिम्पे गाविस वडा नं ८ खर्सुवासको कासाखानी ओडारमा अस्थायी प्रहरी चौकी झिम्पेले गस्ती गर्ने क्रममा बम फेला परेको प्रहरी चौकी इन्चार्ज रामजी परियारले जानकारी दिनुभयो ।

बम फेल परेपछि भैरवप्रसाद गण सल्यानबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले बम लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा यति धेरै सकेट बम फेला परेको यो पहिलो घटना भएको प्रहरीले बताएको छ । रासस

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top