भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका शिलशिलामा दिल्ली रहेका बेला प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीले भने वर्तमान सरकारको काम कारबाहीको समिक्षा गर्ने सुरु गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आइतबार बसेको स्थायी समितिको बैठकमा सरकारको काम कारबाहीका विषयमा छलफल भएको हो ।बैठकमा उपप्रधान तथा उर्जा मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सरकारले गरेका कामकारबाहीबारे तथा पार्टीका मुखपत्रका सम्पादकहरुले पनि मुलुकको समसामयकि राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।उनीहरुले गराएको जानकारीका आधारमा सोमबारबाट छलफल गर्ने तयारी एकीकृत माओवादीले गरेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top