भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २९ माघ । भारतको सिलोङमा जारी
१२ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको
फुटबल खेलमा पहिलोपटक घरेलु टिमलाई पछ्याउँदै
नेपाल फाइनलमा पुगेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग
पहिलोपल्ट गोलरहित बराबरी खेल्दै सागको
फाइनल प्रवेश गरेको हो । यसअघि चार खेलमा
भारतसँग पराजित हुँदै आएको नेपाली टिमले
त्यसलाई पूर्णविराम लगाउँदै नेहरू स्पोर्ट्स



कम्प्लेक्समा गोलरहित बराबरी खेल्यो । बराबरी
खेलको मद्दतमा नेपाल राउन्ड रोबिन लिगमा ७
अंक जोड्दै एक खेल बाँकी छँदै फाइनलमा पुग्यो ।
खेलमा भारतीय टिममाथि सुरु देखिनै हाबी
भएका नेपाली खेलाडीले गोल गर्ने प्रयास गरेपनि
सफल भएनन् आजको खेलसँगै नेपालले तीन खेलबाट ७ अंक जोड्दै
तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यसैगरी बंगलादेशले ६ र भारतले ५ अंक जोडेका छन् ।
चार खेल खेलेको माल्दिभ्सको ४ अंक छ ।
तीनै खेल हारेको श्रीलंकाले अंकको खाता खोल्न
सकेको छैन । पाँच देश सहभागी महिला फुटबलमा
राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने
टिमले स्वर्णपदकका लागि फाइनलमा प्रतिस्पर्धा
गर्नेछन् । तेस्रो हुनेले सीधै कांस्य पाउनेछ ।
राउन्ड रोबिनको अन्तिम चरणमा शनिबार
नेपालले श्रीलंकाको सामना गर्नेछ । दैनिक नेपाल डट कमबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top