भिडियो सहित हेर्नुहोस !
Advertisement
यदि, यी दुइ रिल लाइफका मात्र जोडी भएको भए यती धेरै खुल्दैनथ्य होला । तर, रियल लाइफमा पनि जोडी भएकाले हुनसक्छ, नीता र आमेष तस्बिर खिचाउँदा लजाउँदैनन् । नीताको हातमा चुम्दै आमेषले पोज दिए । नीताले पनि आमेषको अंगालोमा वेरिदै क्यामेराको अगाडि पोज दिइन् । क्यामेरा पोज लामो समयसम्म चलिरह्यो । काठमाण्डौमा आयोजित एक कार्यक्रममा नीता र आमेषको यस्तो शैली देखिएको हो । निर्देशक दीनेश डीसीले आफू निर्देशित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को प्रचारलाई तिव्रता दिदै एक कार्यक्रमको आयोजना गरे । जसमा यो चलचित्रको नामका रचयता गीतकार रत्नशमशेर थापालाई सम्मान गरियो । रत्न शमशेर थापाले शब्द कोरेको र स्वर्गिय तारा देवीले आवाज भरेको ‘फूलै फूलको मौसम तिमीलाई’ गीतबाट यो चलचित्रको नाम सापटी लिइएको हो । कार्यक्रममा गीतकार थापाले यो गीतको सिर्जनाको बिषयमा जानकारी दिएका थिए । फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले सुपर पावरको कथालाई उठान गरेको छ । यो चलचित्रको शिर्ष गीत अहिले चर्चामा छ । आफूहरु अहिलेसम्म ‘वन टू वन’ प्रचारमा गएको भन्दै दीनेशले अब मास मिडियामा जाने बताए । यसैविच, यो चलचित्रको उद्देश्य सामाजिक सेवामा पनि केन्दि्रत भएकाले देशभरका १९ वटा रेडियोले यसको प्रचारमा सहयोग गर्ने जानकारी कार्यक्रमा दिइयो । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top