भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, ११ फागुन । पाँच महिनाको नाकाबन्दीको मारमा परेको देशकै प्रमुख वीरगञ्ज नाकाबाट सुखद खबर आएको छ ।खबर अनुसार नाकाबन्दी हुँदा त्यहाँबाट पलायन भएका व्यापारी अहिले भने फर्किन थालेका छन् । यसले राजश्व बढ्नेछ ।भारतीय नाकाबन्दीका बेला वीरगन्ज नाका परिर्वतन गर्दै अरु भन्सार बिन्दुबाट सामान भित्राउन माग गर्ने आयातकर्ता फेरि वीरगन्जतर्फ नै फर्किन थालेका छन् ।प्रतीपत्र (एलसी)मा उल्लेखित भन्सार बिन्दु परिवर्तन गरी वीरगन्ज नाका कायम गरि दिन उनीहरुले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा दिइरहेका छन् ।भन्सार बिन्दु परिर्वतनका लागि विभागको सिफारिस अनिवार्य चाहिन्छ । वीरगन्ज नाका अरुभन्दा छोटो दूरीको भएकाले ढुवानी लागत र समय दुवै कम लाग्छ ।
विभागका अनुसार आयातकर्ताले दैनिक १५ करोड रुपैयाँबराबरका सामान वीरगन्ज भन्सार कार्यालयबाट छुटाउने व्यवस्थाका लागि सिफारिस मागिरहेका छन् ।झन्डै ५ महिना लामो नाकाबन्दीले वीरगन्ज रक्सौल नाका ठप्प भएपछि व्यापारीले एलसीमा वीरगन्ज भन्सार बिन्दुको वैकल्पिक नाका भैरहवा तथा विराटनगर भन्सार बिन्दु उल्लेख गरेका थिए ।तेस्रो मुलुकबाट सामान आयातका लागि एलसी खोल्दा अनिवार्य रुपमा भन्सार कार्यालय उल्लेख गर्नुपर्छ । कारोबार दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top