भिडियो सहित हेर्नुहोस !
Advertisement


धादिङ, फाल्गुन ११ - वालुवा वोक्ने टिप्परले भुमेस्थान ९ खयरघारीमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।ठक्करबाट मोटरसाइकलको पछाडि वसेका भोजपुर होमटाङ्ग १ का २३ वर्षीय सागर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा परी गम्भिर घाईते भएका मोटरसाइकल चालक ३० वर्षीय पुर्ण बहादुर राईलाई उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।वालुवा वोकेर बैरेनीवाट काठमामण्डौं जादैं गरेको वा ३ ख ७०९५ को टिप्परले काठमाण्डौं जादैं गरेको लु २५ प २३२ को मोटरसाईकललाई पछाडीवाट ठक्कर दिएको थियो ।
उक्त घटनापछि ठक्कर दिने टिप्पर सहित चालक थाक्रे ४ निवासी नविन थापा लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top