भिडियो सहित हेर्नुहोस !
Advertisement
माघ १२, सर्लाहीको भेल्हीमा भगवती पूजाका लागि रुख काट्दै गरेका दुई जनाको सोही रुखले किचेर मृत्यु भएको छ । रुखले किच्दा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भेल्ही ३ स्थित ब्रम्हस्थानमा रहेको सुकेको पिपलको रुख काट्दै गरेका भेल्ही ५ का ४५ वर्षीय रामहरी साह र भेल्ही ७ का ४५ वर्षीय श्यामबाबु राउतको सोही रुखले थिचेर मृत्यु भएको जनाएको छ । रुखमा थिचिएर भेल्ही ६ का २० वर्षीय राम प्रवेश कापड घाइते भएका छन् । रुख काट्ने क्रममा माथिबाट भाँचिएर ढल्दा रुख काटदै गरेका रामहरी साह र श्यामबाबु राउत घाइते भएका थिए । साहलार्इ उपचारका लागि मलंगवा ल्याउदै गर्दा र राउतको सितामाढीमा उपचारको क्रममा मृत्यु भएको हो । पूजाका लागि रुख काट्दा दुईजनाको ज्यान जाने गरी भएको दुर्घटनापछि भेल्ही गाविस शोकमा डुबेको छ । भेल्ही गाविसमा रहेको महरानीको स्थानमा आयोजना गरिएको पूजाका लागि स्थानीयहरु मिली रुख काट्न लागेका थिए
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment