भिडियो सहित हेर्नुहोस !
Advertisement


माघ ८, रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपाली युवकको अरब गएको दुई हप्तामै मृत्यु भएको छ ।

साउदी अरब गएको दुई सातामै तनहुँ कोटा  १ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको मृत्यु भएको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ । केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भइरहेको जनाएकी छन् ।

उनले नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र शव नेपाल फर्काउने पहल भइरहेको बताईन् । मृतक गुरुङ मिलिनियम म्यानपावर काठमाडौँबाट यही पुस ११ गते साउदी गएका थिए ।

अल्यामा नामक कम्पनीमा काम गर्दै आएका गुरुङको काम गर्दागर्दै  यही पुस २४ गते मृत्यु भएको हो । मृतक गुरुङका एक छोरा र एक छोरी छन् । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top