भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपालले आयरल्याण्डलाई पुरा ५० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १३१ रन मै रोकेको थियो । नेपालका सन्दिप लामिछानेले एक्लै ५ विकेट झार्दै आयरल्याडलाई सस्तैमा रोकेका हुन् । यता दिपेन्द्रसिंह ऐरीले पनि आयरल्याण्डको २ विकेट झारेका थिए भने सुनिल धमला र सुशील कँडेलले १/१ विकेट लिएका थिए । पहिले व्याट्रिङ् गरेको आयरल्याण्डका ह्यारी ट्याक्टरले सर्वाधिक ३० रन जोडेका छन् भने ज्याक ट्याक्टरले २७, आदम डेनिसनले २१, लोर्कन टकरले १५, स्टेफन डोहनीले १४ रन मात्रै जोड्न सकेका थिए । दोस्रो पारीमा व्याट सम्हालेको नेपालले यो समाचार तयार पार्दासम्म १ विकेटको क्षतिमा ५.३ ओभर खेल्दै जम्मा १४ रन जोडेको छ । नेपालका सन्दिप सुनार कुनै पनि रन नजोड्दै आउट भएका हुन् । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top