भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) ले मधेस आन्दोलनलाई सम्बोधन गर्ने गरी संविधानमा भएको पहिलो संशोधनपछि मुलुकको असहज अवस्थाले निकास पाउने विश्वास व्यक्त गरेका छन्।पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आइतबार भने, संसद्ले पारित गरेको संशोधनको मोर्चाका नेताहरुले औपचारिक रुपमा विरोध गरे पनि भित्रभित्रै खुसी छन् । उनीहरुलाई सहमति देखाएर नै हामीले संशोधन अघि बढाएका हौं। उनीहरुले धन्यवाद भनिसकेका छन्प्रचण्डले शनिबार संशोधन पारित भएपछि अब आन्दोलन गरिरहनुको अर्थ नरहेको बताउँदै भने, 'मोर्चाले राखेका सबैजसो मागहरु सम्बोधन भइसकेका छन् । अब नाकाकेन्द्रित आन्दोलन हुँदैन। आन्दोलनको स्वरुप फेरिन्छ। नाकाबन्दी पूर्ण रुपमा खुल्छ।'प्रचण्डले संविधान संशोधन भए पनि सिमांकन टुंगो नलाग्दासम्म मोर्चाका नेताहरुले औपचारिक रुपमा स्वागत गर्न नसक्ने वाध्यता आन्तरिक छलफलमा राखेको बताए ।
प्रचण्डले मुलुक अब सहज अवस्थामा फर्किने विश्वास व्यक्त गर्दै भने, 'अब सहमतिमा सिमांकन पनि टुंगो लाग्छ। उनले अब भारतबाट पनि आपूर्तिमा कुनै अवरोध नहुने बताए।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment