भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ८ माघ - आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेता एवं सद्भावना उपाध्यक्ष लक्ष्मणलाल कर्णले निर्णायक वार्ता भनिएको बेलामा सरकारले गोली हानेर त्यसलाई भड्काउने काम गरेको बताए।‘जब जब मिडियाले निर्णायक वार्ता हुन्छ भन्छ तब सरकारले आन्दोलनकारीमाथि गोली चलाउँछ, यो अवस्था रहिरहे हामी वार्तामा रहन आवश्यक हुन्न।’निर्णायक वार्ताका बेला सरकारले किन ताकी ताकी गोली चलाउँछ । सप्तरीमा त्यस्तै भयो, वीरगञ्जमा त्यस्तै भयो हिजो रंगेलीमा पनि त्यस्तै भयो,’ कर्णले भने, ‘सरकारको उद्देश्य के हो?’उनले रंगेलीमा प्रहरीले आन्दोलनकारीमाथि ताकी ताकी गोली हानेको आरोप लगाए। कर्णले बोलेपछि मधेसी मोर्चाका सांसद्हरुले आजको बैठक बहिष्कार गरेर बाहिरिएका छन्।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment