भिडियो सहित हेर्नुहोस !
Advertisement
बैतडी, १३ माघ - बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय देवल निवासी ४६ वर्षीया पे्रमबहादुर खड्का रहेका छन्। गएराति १०ः३० बजेतिर आफ्नै तीनतले कच्ची घरमा आगो लाग्दा खड्काको घटनास्थलमा नै जलेर मृत्यु भएको हो। उनकी ४३ वर्षीया श्रीमती उजेली खड्का र २४ वर्षीया बुहारी गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख देवेन्द्रकुमार मल्लले जानकारी दिए। अत्यधिक मादकपदार्थ सेवन गरी चुरोट सेवन गरिरहेका बेला घरमा आगो सल्केको बताइएको छ। घाइतेको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ। करिब दुई घन्टापछि आगो नियन्त्रणमा आए पनि आगलागीबाट करिब रु पाँच लाखभन्दा बढीको क्षति भएको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top