भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी : पाकिस्तानको पञ्जाब प्रान्तको ओकाडा शहरमा एक व्यक्तिले घरको छतमा झन्डा फहराउँदा जेलमा पुगेका छन् । अनुसन्धानबाट ती व्यक्तिले बताए अनुसार उनी भारतीय क्रिकेटर विराट कोहलीका फ्यान भएको खुलेको छ । विराटले अस्ट्रेलियाविरुद्ध गरेको प्रदर्शनबाट खुसी भएका उनले आफ्नो घरको छतमा भारतीय झन्डा फहराएका थिए । बीबीसी' को रिपोर्ट अनुसार ओकाडाको सदर थाना सर्किलका एक अधिकारीले आफ्नो नाम नखुलाउने शर्तमा बताएअनुसार उम्र दराज नामका एक व्यक्तिलाई मंगलबार गिरफ्तार गरिएको थियो । उनलाई सोही दिन अदालतमा पेश गरिएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ । उम्र दराजको दोष केबल उनले आफ्नो घरमा भारतीय झन्डा फहराउनुमात्र थियो । पुलिस अधिकारीका अनुसार उम्र दराजविरुद्ध १६ एमपीओ र १२३ ए अनुसार जाहेरी दर्ता गरिएको छ । पुलिस अधिकारीले बताए अनुसार उम्र दराजले ओकाडाको एक गाउँमा आफ्नो घरमाथि भारतीय झन्डा फहराएपछि पुलिसले छापा मारेको थियो । उम्र दराज भारतीय क्रिकेटर विराट कोहलीका फ्यान रहेको बताइएको छ।  मंगलवार अस्ट्रेलिया र भारतबीच पहिलो टी-२० म्याच भएको थियो । जसमा विराट कोहलीदले शानदार ९० रनको पारी खेलेका थिए । उम्र दराजले पुलिसलाई दिएको बयानमा आफू भारतीय क्रिकेटर विराट कोहलीको फ्यान भएको र उनकै लागि भारतीय झन्डा आफ्नो घरमा फहराएका थिए । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top