भिडियो सहित हेर्नुहोस !
Advertisement



काठमाडौं, २ पुस - खोटाङ सदरमुकाम दिक्तेलमा भीषण आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रणमा लिन नसक्दा आगो लाग्ने क्रम जारी रहेको छ । दिक्तेल नगरपालिकास्थित रत्नपार्कमा बिहीबार दिउँसो देखि आगलागी भएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी,  नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । स्थानीयवासी हिरालाल पुरीको कपडा पसलबाट सुरु भएको आगो साँझसम्म नियन्त्रण हुन सकेको छैन ।

के कारणले आगलागी भयो भन्नेबारेमा केही विवरण आएको छैन । आगोले करोडौँको क्षति भएको अनुमान गरिएको छ । स्थानीयले विद्युत सर्ट भएर आगलागी भएको बताएका छन् ।



भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top